काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापकाविरुद्ध १५ साउनमा देशव्यापी विरोध प्रदर्शन गर्न ७७ वटै जिल्लालाई निर्देशन दिएका छन्।
महामन्त्री कोइरालाद्वारा हस्ताक्षरित पत्रमा संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन समेत भएकोले त्यसका बिरुद्ध आन्दोलनमा उत्रन पार्टी सभापतिलाई निर्देशन दिइएको छ।
संघीय र प्रदेश सरकारमा रहेकाहरुको क्रियाकलाप अधिनायकवादी र जनविरोधी भएको निष्कर्ष निकाल्दै कांग्रेसले त्यस विरुद्ध १५ साउनमा प्रत्येक जिल्लाका सदरमुकाममा बिरोध प्रदर्शन गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।
‘जिल्लाका सबै भातृ एवं शुभेच्छुक संस्था, क्षेत्र, गाउँ-नगर इकाइहरुलाई समेत सक्रियताका साथ जनताका बीच पुर्याउ्रँदै बिरोध प्रदर्शनमा सहभागी गराउन निर्देशन दिइन्छ’ महामन्त्री कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएको कांग्रेस रोल्पाका सभपाति अमरसिंह पुनले नेपाल समयलाई बताए।
कांग्रेसले संघीय व्यवस्थाको भावना विपरित अधिकारहरुको केन्द्रीकरण गर्ने, शक्ति पृथक्तीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायलयप्रति आक्रमक रुपमा प्रस्तुत हुने र संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने तथा सरकारलाई पार्टीको छायाँमा राख्ने कार्य गरेकोले विरोधमा उत्रनु परेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४