मंगलबार, वैशाख १५, २०८३

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

मस्को- रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो। 

National life

झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ।

यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए। रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो। आक्रमण अहिले पनि जारी रहेको छ। 

आक्रमण सुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भएपनि सहमति हुन भने सकेको छैन। दुवै पक्ष आ-आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन्।

विश्वका धेरै देशले युक्रेन माथी रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन्। केही देशहरुले मात्रै रुसलाई समर्थन गरेका छन्। 

kumari

प्रकाशित: Mar 03, 2022| 04:30 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।