बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधेयक फिर्ताको शर्त छोडेपछि शुरु भयो सरकार-केसी वार्ता

विधेयक फिर्ताको शर्त छोडेपछि शुरु भयो सरकार-केसी वार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २५ दिनदेखि आमरण अनशन बसिरहेका डा गोविन्द केसी र सरकार पक्षका वार्ता टोलीबीच पुन: शुरु भएको छ। डा केसी पक्षले संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने माग त्यागेपछि सरकार र केसी पक्षबिचको वार्ता पुन: शुरु भएको हो।

शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी छन् । 

सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ।

वार्ताका लागि नेकपाका उपनेता सुवास नेम्वाङले वातावरण सिर्जना गर्न भूमिका खेलेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।