आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर सिटी र क्रिस्टल क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

म्यानचेस्टर सिटी र क्रिस्टल क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

मंगलबार राति सम्पन्न खेलमा जित निकाल्दै सिटीले पिटरबोर्गलाई २-० गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रिलिसले गोल गरेका थिए।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- एफए कपमा जित निकाल्दै म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने हारसँगै टोटेनहम हट्स्पर प्रतियोगिताबाटै बाहिरिएको छ।

National life

मंगलबार राति सम्पन्न खेलमा जित निकाल्दै सिटीले पिटरबोर्गलाई २-० गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रिलिसले गोल गरेका थिए।

त्यस्तै, स्टोक सिटीलाई २-१ गोलले हराउँदै क्रिस्टल प्यालेसले पनि अन्तिम आठमा स्थान बनाएको छ। क्रिस्टलको जितका लागि चेखोउ कोउयाते र जाइरो रिडेवाल्डले गोल गरेका थिए। स्टोकका जोम टायमसनले एक गोल फर्काए।

टोटेनहम हट्स्पर भने मिडलसबर्गसँग १-० गोलको हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ। खेलको निर्धारित ९० मिनेटसम्मा गोल नभएपछि थपिएको ३० मिनेटभित्र गोल बेहोर्दै टोटेनहमले हार बेहोरेको हो।

प्रकाशित: Mar 02, 2022| 10:45 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।