काठमाडौं- फुटबलका पूर्वकप्तान विराज महर्जन र महिला भलिबल टिमकी कप्तान अरुणा शाही १६औं एनएनआईपीए खेल अवार्डमा सर्वोत्कृष्ट बनेका छन्। मंगलबार गोदावारीको बज्रबाराहीमा आयोजना गरिएको अवार्ड कार्यक्रमममा सर्वोत्कृष्ट हुँदै दुवै खेलाडीले समान १/१ लाख पुरस्कार जितेका छन्।
नेपालका लागि ७२ खेल खेलेका विराजले गएको वर्ष थ्री नेसन्स कप जित्दै संन्यास लिएका थिए। यता भलिबलकी कप्तान अरुणा साहीले नेपाललाई लगातार दोस्रो पटक सेन्ट्रजल जोन भलिबलको उपाधि दिलाएकी थिइन्।
एनएनआईपीएले हरेक वर्ष १७ खेलका वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आइरहेको छ। उसले यो वर्ष पनि ति विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेको हो।
पारा खेलाडी पलेसा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी बन्दै नगद १० हजारसहित आवार्ड पाएकी छन्। त्यस्तै, एथ्लेटिक्सका प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदर्श खेल व्यक्तित्वबाट नगद ३५ हजारसहित सम्मान गरिएको छ।
खेलाडसहित उत्कृष्ट खेल पत्राकारलाई पनि सम्मान गर्ने कार्यक्रममा कान्तिपुर दैनिकका खेल सम्वाददाता हिमेश रत्न बर्जाचार्यलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारसहित नगद २५ हजारबाट सम्मानित गरेको हो।
यस्ता छन् विभिन्न विधामा सम्मानित हुने खेलाडीः
आर्चरी- ज्ञानु अवाले,
एथलेटिक्स- किरण सिंह बोगटी,
बास्केटबल- सदिना श्रेष्ठ,
बक्सिङ- सुष्मा तामाङ,
साइक्लिङ- राजेश मगर,
फेन्सिङ- अनिता कार्की,
गल्फ- कस्मिरा शाह,
ह्यान्डबल- विशाल बस्नेत,
हक्की- अन्जना चन्द,
जिम्न्यास्टिक- रोहन बुढाथोकी,
कराते- विप्लव श्रेष्ठ,
र्याफ्टिङ एन्ड क्यानोनिङ- सुमन तामाङ
जुडो- सुमित्रा राई,
स्कि- सफल राम श्रेष्ठ,
पौडी- अनुभव सुब्बा,
सुटिङ- कृष्णा थापा,
कबड्डी- नागेश्वर थारु,
टेबलटेनिस- स्यान्टु श्रेष्ठ,
लनटेनिस- अभिलाषा विष्ट,
भारोत्तोलन- कमला श्रेष्ठ,
उसु- निमा घर्तीमगर
रेस्लिङ- सुरेश चुनारा