शनिबार, मंसिर १३, २०८२

बुटवल अटो इञ्जिनियरिङको अध्यक्षमा न्यौपाने विजयी

बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल- बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन्।  तीन प्यानलबीच भएको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र निकट व्यवसायीहरुको प्यानल विजयी भएको हो।

निर्वाचनमा कांग्रेस, नेकपा एमाले र समाजवादी र माओवादी निकट व्यवसायीहरुको तीन प्यानल चुनावी मैदानमा उत्रेको थियो। मंगलबार सम्पन्न भएको निर्वाचनमा विजयी न्यौपानेले २ सय १२ मत ल्याएका थिए। त्यस्तै प्रतिस्पर्धी एमाले निकटका व्यवसायी चन्द्रमणि भण्डारीले १ सय २२ र कांग्रेस निकटका प्रेम गौचनले १ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए।

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरि सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएका छन्।


प्रकाशित: Mar 02, 2022| 08:42 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।