शुक्रबार, फागुन २२, २०८२

छनोटबाट फुटसल टिमका १० खेलाडी बाहिरिए

उनले गएको मंगलबार ३२ खेलाडीबाट २२ खेलाडीलाई छानोट गरेका हुन्। बस्नेतले एएफसी फुटसल एसियन कपका लागि फेब्रुअरी २५ बाट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबसल टिमका प्रशिक्षक गौरव बस्नेतले फुटसल टिमको पहिलो चरणको छनोटबाट २२ खेलाडी छनोट गरेका छन्।

उनले गएको मंगलबार ३२ खेलाडीबाट २२ खेलाडीलाई छानोट गरेका हुन्। बस्नेतले एएफसी फुटसल एसियन कपका लागि फेब्रुअरी २५ बाट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए।

काठमाडौंमा केहि दिनको अभ्यास पछि अहिले फुटसल टिम पोखरामा अभ्यास गरिरहेको छ। नेपाली टिमले आउँदो अफ्रिल १ देखि १४ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने एएफसी एसियन कप छनोट खेल्नेछ।

त्यो छनोट पार गर्न सके यही वर्ष कुवेतमा हुने एसियन कप खेल्न पाइनेछ। छनोटमा नेपाल समूह बीमा उज्जवेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै रहेको छ।

बन्द प्रशिक्षणमा कायम खेलाडी

kumari

गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा र सुमितकुमार आले

फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ

पिभोटः विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई र प्रवेश जोशी

अलाः आदिल हमिद, अमित लामा, क्रिजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रोशन छन्त्याल, सुरज गुरुङ, उर्केन शेर्पा र सुमित श्रेष्ठ

प्रकाशित: Mar 02, 2022| 08:35 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।