काठमाडौं–सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरुमार्पmत उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी बिभिन्न जीवन वीमाका योजनाहरु ल्याइएको कुरा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले बताए ।
बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ र एलआईसी नेपाल तथा अन्य थुप्रै निर्जीवन वीमा कम्पनिहरुसँग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४