मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको राजधानीमा रहेका सबै नेपाली सुरक्षित स्थानमा पुगे

युक्रेनको राजधानीमा रहेका सबै नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं-  रुस–युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।

प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेको जानकारी दिए।

समितिका अनुसार मंगलबारसम्ममा २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन्। बैठकमा उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले रुसमा रहेका नेपालीहरू पनि नियमित रूपमा युक्रेनमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको जानकारी दिए। उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सक्रिय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग सङ्कलनको पनि तयारी थालिएको जनाए।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीहरूले युक्रेन छोडेको जानकारी दिए। उनले पछिल्लो समय रुसमा रहेका नेपाली विद्यार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन बताए।
स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खान बस्नको व्यवस्था गरेको जानकारी दिए।

प्रकाशित: Mar 02, 2022| 07:28 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।