काठमाडौं- ललितपुर मेयर महिला च्याम्पियनसिको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै विभागीय टिम एपीएफले उपाधि रक्षा गर्यो। एपीएफले जितेको प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडी रहिन् ब्याट्स्वुमन ज्योति पाण्डे। व्यक्तिगत तीन विधामा उत्कृष्ट रहेकी ज्योतिले प्रतियोगितामा सानदार प्रदर्शन गरिन्।
फाइनल खेलमा प्लेयर अफ दि म्याच बनेकी ज्योति प्रतियोगिताको उत्कृष्ट ब्याटर बन्दै १५ हजार पुरस्कार पाइन्। सर्वोत्कृष्ट खेलाडीको २५ हजार पुरस्कार पनि उनकै पोल्टामा पर्यो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा फागुन १० गतेबाट सुरु भएको प्रतियोगिता केहि ओझेलमा भने पक्कै पर्यो। त्यसो त खेलाडीले लामो प्रतियोगिता अनि लामो फर्म्याटको प्रतियोगिताको जति माग गरे पनि त्यसमा क्रिकेट संघ (क्यान) जहिल्यै उदासिन देखिँदै आएको छ।
यो प्रतियोगिताको आयोजना पनि विश्वकप छनोटको छायामा पर्ने गरी क्यानले आयोजना गर्यो। नेपाली क्रिेकट टिमले ओमनमा विश्वकप छनोटको खेल खेलिरहेको समयमा क्यानले महिला टिमको घरेलु प्रतियोगिता आयोजना गरेपछि मेयर्स कप छायामा परेको धेरैले अनुभव गरे।
यद्यपी प्रतियोगितामा केही नयाँ ट्यालेन्टहरु भने देखिए। प्रतियोगितामा सुदूरपश्चिमकी इश्वरी विष्ट बलिङमा उत्कृष्ट सावित भइन्। २० वर्षे विष्टले प्रतियोगितामा सबैभन्दा धेरै सात विकेट गिराएकी थिइन्।
एक खेलमा मात्र ब्याटिङको अवसर पाएकी उनी त्यसमा चाहिँ चल्न सकिनन्। विकेट खोस्ने मात्र होइन उनले प्रतियोगितामा किफायति बलिङ पनि गरेकी छन्। लुम्बिनीविरुद्ध उनले चार ओभर बलिङ गरेर १० रन खर्चिएकी थिइन्।
प्रदेश एक विरुद्ध बलिङ गर्ने क्रममा पनि उनले चार ओभरमा १० रन मात्र दिइन्। एपीएफसँगको अघिल्लो खेलमा पनि उनले चार ओभरमा १३ रन मात्र खर्चिएकी थिइन। टी २० क्रिकेटमा उनको बलिङ धेरै उत्कृष्ट हो।
त्यस्तै, प्रदेश १ की एलिस खतिवडाले पनि राम्रो खेल प्रस्तुत गरेकी छन्। उनले सुदूरपश्चिमको एक र मेयर ११ को तीन विकेट गिराएकी थिइन्।
‘यो ललितपुर मेयर कपमा सबै पीएम कपका खेलाडी नै थिए। नयाँ त थिएनन्। तर युवा खेलाडीबाट सानदार प्रदर्शन हुनु राम्रो हो। पछिल्लो समय हेर्ने हो भने युवा खेलाडीले राम्रो गर्दै गइरहेका छन्। विशेषतः यो वर्ष प्रदेश एक र सुदूरपश्चिमको लेगस्पिनर र अन्य टिमको ब्याटरहरुले राम्रो गरिरहेका छन्, ‘प्रतियोगितापछि एपीएफकी कप्तान सिता राना मगरले भनिन्, ‘तीन चार जना नयाँ खेलाडीले राम्रो गरिरहेका छन्।’
एपीएफले यसअघि भएको पीएम कपमा पनि नै उपाधि जितेको थियो। घरेलु क्रिकेटमा एपीएफले अहिले एकछत्र राज गरिरहेको छ। उसका अघि अरु सबै टिम निरिह बन्ने गरेका छन्। एपीएफले अघिल्लो वर्षको प्रधानमन्त्री कपपछि दुई प्रतियोगितामा हार बेहोरेको छैन।
फागुन १० गतेबाट सुरु भएको प्रतियोगिता एपीएफले सुरुबाट एपीएफले प्रतियोगिताको सानदार यात्रा गरेको छ। उसले कुनै खेलमा पनि हार बेहोरेन। एपीएफले पछिल्लो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको थियो भने ललितपुर मेयर ११ लाई ४२ बल बाँकी रहँदै सात विकेटले हराएको थियो। त्यस्तै, सुदूरपश्चिलाई पनि एपीएले सहजै हराइसकेको छ।
उसले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमलाई छ विकेटले हराएको थियो। त्यस्तै, फाइनल पुग्न नसकेको अर्को बलियो प्रदेश १ लाई एपीएफले सात विकेटले हराएको थियो।
यो प्रतियोगिताको आयोजना पनि विश्वकप छनोटको छायामा पर्ने गरि क्यानले आयोजना गर्यो। नेपाली क्रिेकट टिमले ओमनमा विश्वकप छनोटको खेल खेलिरहेको समयमा क्यानले महिला टिमको घरेलु प्रतियोगिता आयोजना गरेपछि मेयर्स कप छायामा परेको धेरैले अनुभव गरे।
फाइनल खेलमा पनि एपीएफ त्यस्तै जितको लक्ष्यका साथ मैदानमा आएको थियो त्यसै अनुसार उसले उपाधि उचाल्यो। खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पुरा ओभर खेल्दै चार विकेट गुमाएर ११३ रनको लक्ष्य दिएको थियो। जवाफमा एपीएफले पाँच ओभर बाँकी रहँदै दुई मात्र विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
तर सिता एपीएफ सबैभन्दा बलियो टिम नभएको बताउँछिन्। उनले भनिन, ‘एपीएफलाई हराउन सक्ने कुनै क्लब छैन भन्न मिल्दैन। एपीएफभन्दा बलियो र ट्यालेन्ट त सुदूरपश्चिम छ। हामीमा छक्का हान्ने क्षमता कम होला तर सुदूरपश्चिमका दुई तीन खेलाडीमा त्यो क्षमता छ।’
उनले विभागबाहेको टिम मानिसिक रुपमा तयार नहुने भएको कारण उसले जित निकाल्न नसकेको सिता बताउँछिन्। त्यस्तै, एपीएफलाई चुनौति दिन सक्ने अर्को टिम प्रदेश १ हो। तर ललितपुर मेयर च्याम्पियनसिपमा प्रदेश १ अगाडिका तीन खेलाडीमा मात्र भर पर्दा उसले जित निकाल्न सकेन। अघि ब्याटिङ गर्ने तीन खेलाडी काजल श्रेष्ठ, रुविना क्षेत्ररी र अप्सरी बेगमबाहेक उसको टिममा खेलाडी नै रहेनन्। यसकारण उसले पनि एपीएफलाई हराउन सकेन। त्यस्तै, दोस्रो स्थान हेर्ने हो भने प्रदेश १ र सुदूरपश्चिमका को बलियो भन्ने प्रश्न उठ्न सक्छ।
ललितपुर मेयर महिला क्रिकेटमा सुदुरपश्चिम सफल छ भने प्रधानमन्त्री कपको पछिल्ला दुई संस्करणमा प्रदेश एक सफल छ। र, सोमबार सम्पन्न ललितपुर मेयर क्रिकेटमा पनि प्रदेश १ भन्दा सुदूरपश्चिम नै बलियो देखियो। प्रतियोगितामा सुदूरपश्चिमले प्रतियोगितामा प्रदेश नम्बर १ लाई ६ विकेटले हराएको थियो। समूह चरणमा सुदूरपश्चिमले एपीएफबाहेक कसैसँग पनि हार बेहोरेन।
अहिले पछिल्लो समयको तुलनामा महिला क्रिकेटमा प्रतिस्पर्धा बढिरहेको छ। घरेलु प्रतियोगिता बढेसँगै पहिला राष्ट्रिय टिममा पर्न पनि प्रतिस्पर्धा छ। ‘नयाँ खेलाडी आइरकेको कारण प्रतियोगिता बढ्दो छ। ब्याटिङमा चाहिँ पुरानै खेलाडी चलिरहेका छन्। तर बलिङमा नयाँ खेलाडी धेरै आएका छन्,’ सिताले भनिन्।
अहिलेको अवस्थामा महिला खेलाडीहरुमा आर्थिक अवस्था कमजोर भएको कारण अभ्यास गर्न नपाएको कारण उनीहरुलाई आर्थिक हिसाबले सहज बनाउन सके प्रतिस्पर्धाको स्तर बढ्ने सिता बताउँछिन्। यसकारण अब पुलिस र आर्मीले पनि महिलाको क्रिकेट टिम बनाउन जरुरी रहेको सितोका ठम्याइ छ।
फाइनल खेलमा एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाएकी थिइन्। पाण्डेल प्रतियोगितामा एक अर्धसतक प्रहार गरिन्। उनले प्रतियोगितामा कूल १५५ रन बनायन्। त्यस्तै, फाइनलमा अविजित २९ रनको योगदान दिएकी इन्दू वर्माले तीन खेलमा ४१ रन जोडिन्।
प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी रहिन् ज्योति पाण्डे। विराटनगरबाट क्रिकेट केरियर सुरु गरेकी पाण्डे पछिल्लो समय नेपाली राष्ट्रिय टिमको समेत भरपर्दो खेलाडी हुन्। अहिले नेपालमा महिलाको पनि घरेलु प्रतियोगिता बढेपछि राष्ट्रिय टिममा पनि प्रतिस्पर्धा बडेको बताउँछिन् ज्योति।
सुदूरपश्चिमका लागि प्रतियोगितामा नायक रहिन विन्दू रावल। उनले ललितपुर मेयर ११ विरुद्ध २८ रन बनाइन भने एपीएफविरुद्ध ११ रन बनाइन्। त्यस्तै, उनले प्रदेश १ विरुद्ध पनि २७ रनको योगदा दिइन्। उनले फाइनलमा पनि उस्तै प्रदर्शन गरिन। एपीएफलका कसिला बलरविरुद्ध उनले ३७ रन बनाइन्।