शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार

युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेको छैटौं दिन मंगलबार खार्किभमा प्रहार गरेको हो।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

मस्को– रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेको छैटौं दिन मंगलबार खार्किभमा प्रहार गरेको हो। 

National life

युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वायरमा भएको एउटा विस्फोटनको भिडियो ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ। रुसलाई बाँकी विश्वबाट अलग्याउन पनि आग्रह गरिएको छ। दर्जनौं मानिसको ज्यान जानेगरी गरिएको रुसी बमबारीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेनेस्कीले युद्ध अपराधको संज्ञा दिएका छन्। 

खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमला हुनुअघि राष्ट्रपति जिलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पार्ने काम रुसले गरिरहेको बताएका थिए। ‘त्यो स्पष्ट रूपमा युद्ध अपराध हो। शान्त सहर, शान्त आवासीय क्षेत्रमा कुनै सैन्य संरचना थिएन। दर्जनौं प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ। रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो।’

सोमबार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो।

यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन्। यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 01, 2022| 16:16 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।