सोमबार, मंसिर २९, २०८२

धनलक्ष्मीले आकाशमै जन्माइन् शिशु

सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरमार्फत् अस्पताल लैजाँदै गरेकी एक महिलाले हेलिकोप्टर उडिरहेकै समयमा शिशुलाई जन्म दिएकी छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

सुर्खेत-  सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरमार्फत् अस्पताल लैजाँदै गरेकी एक महिलाले हेलिकोप्टर उडिरहेकै समयमा शिशुलाई जन्म दिएकी छन्। मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै शिशुलाई जन्म दिएकी हुन्।

National life

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्धृत गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिए। 

मल्लका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

'सुत्केरी रावललाई १८ घण्टा लामो समयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो,'  उनले भने, 'थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमाछोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।' 

प्रकाशित: Mar 01, 2022| 15:46 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।