शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ। सोमबार राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएको प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

National life
Laxmi sunrise bank
kumari

याङ्गुन- म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ। सोमबार राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएको प्रहरीले जानकारी दिएको छ। 

आज बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरी स्रोतले बताएको छ। काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २२: ३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय एक स्थानीयवासीले बताएका छन्।

काचिन राज्यमा, विशेष गरी हपाकान्त खानी क्षेत्रमा प्रायः घातक पहिरोह गइरेहको पाइन्छ। धेरै स्थानीयहरूले यस क्षेत्रमा जेड स्याभेजिङ गरेर आफ्नो जीवन निर्वाह गर्छन्। जुलाई २०२० हपाकान्त टाउनशिपमा एक जेड खानी साइटमा ठूलो गएको घातक पहिरोमा परी १७४ को मृत्यु हुनुको साथै अन्य ५४ घाइते भएका थिए।  सिन्ह्वा


प्रकाशित: Mar 01, 2022| 15:50 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।