शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी बख्तरबन्दको लस्कर किभतर्फ, ७० युक्रेनी सेनाको मृत्यु

रुसी बख्तरबन्दको लस्कर किभतर्फ, ७० युक्रेनी सेनाको मृत्यु

रुसले सेनाको आक्रमणमा परी ७० युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले पुष्टि गरेका छन्। युक्रेनको सैन्य बेस क्याम्पमा रुसी सेनाले गरेको आक्रमणमा ७० युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

मस्को- रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनी राजधानी किभतर्फ बढिरहेको बताइएको छ। बीबीसीले प्राप्त गरेका भूउपग्रह तस्बिरहरुमा रुसी बख्तरबन्दहरु युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको देखाइएको छ। 

National life

रुसले सेनाको आक्रमणमा परी ७० युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले पुष्टि गरेका छन्। युक्रेनको सैन्य बेस क्याम्पमा रुसी सेनाले गरेको आक्रमणमा ७० युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 'किभ वरपर स्थिति तनावपूर्ण छ,' युक्रेनी सशस्त्र फौजका प्रमुखले फेसबुक पेजमा लेखेका छन्, 'शत्रुहरू लडाइँमा पराजित भइरहेको तथ्यबीच उनीहरूले सेना तथा गैरसैनिकमाथि प्रहार गरिरहेका छन्।'

उच्च प्रशिक्षित बेलारुसी सैनिकहरू रुसी अतिक्रमणमा सामेल हुने योजना रहेको पाइएको पनि सशस्त्र फौजका प्रमुखले बताएका छन्।

यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले बेलारुसी फौजको गतिविधिबारे कुनै संकेत प्राप्त नभएको जनाएको थियो। युक्रेनको समी क्षेत्रको ओख्तर्का क्षेत्रमा रुसी सेनाले आक्रमण गरेका थिए। उक्त क्षेत्र अहिले रुसी सेनाको कब्जामा रहेको छ। 

रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतबार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन्। सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ।

Laxmi sunrise bank
kumari

उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन्। 'धेरै मानिस मारिएका छन्। अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गररहेका छौँ,' टेलिग्राममा उनले लेखेका छन्।

'तर शत्रुहरूले पनि पाउनुपर्ने फल पाएका छन्,' उनले थपेका छन्। उनका अनुसार सहरमा 'धेरै रुसीका शवहरू' पनि देखिएको छ।

युक्रेनको संसद्ले ट्विट गर्दै मुलुकको रक्षाका लागि ज्यान गुमाएका युक्रेनी सेनाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेको छ। युक्रेनको संसद्ले भनेको छ, 'युक्रेनका हिरोहरुको गौरव अनन्तसम्म रहन्छ।' 

रुसी सेनाले युक्रेनको दक्षिणी क्षेत्र खेरसोनमा पनि चारैतर्फबाट नियन्त्रण गरेको छ। उक्त सहरमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको भूभागबाट आक्रमण सुरु गरेको जनाइएको छ। रुसी सेनाले खेरसोनभित्र छिर्नका लागि उपयुक्त मौका पर्खिरहेको जनाइएको छ। 

प्रकाशित: Mar 01, 2022| 12:36 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।