बुधबार, असार ३१, २०८३

जिप दुर्घटनामा ९ घाईते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जाजरकोटतर्फ जाँदै गरेको भे १ ज ७७२ नम्बरको जीप सिम्ता गाउँपालिका-६ गजौडा नजिकै दुर्घटना भएको हो। 

दुर्घटनामा जाजरकोट कुसे गाउँपालिका वडा ५ प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका वडा ६ हरिकला रोकाय, मिनप्रसाद महतारा, आयुस महतरा र मानवी महतरा घाइते भएका छन्।

त्यस्तै कुमाख गाउँपालिका-५ सल्यानका विष्णुकुमारी शाही, पुजा वुढाथोकी र राप्ती सोनारी गाउँपालीका–२ बाँकेका दिपक सेन पनि घाइते भएको इलाका प्रहरी कार्यालय बाँदेपिपलले जनाएको छ। इप्रका प्रमुख दामोदर अधिकारीका अनुसार जीप सडकबाट करिव १५ मिटर तल खसेको छ। 

घाइतेहरुलाई सल्यानको सल्लीबजारमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको अधिकारीले जानकारी दिए । जीपका चालक विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।