काठमाडौं- ओपोद्वारा प्रमुख प्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगी सिजन-१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ।
शुक्रबार दर्शक भोटिङका आधारमा कार्यक्रममार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान छनोटमा परेका हुन्। अगष्ट ४ मा उक्त सिजनको फाइनल राउण्ड हुने जानकारी छ। जहाँ ‘टप थ्री’बीच प्रतिस्पर्धा हुनेछ।
नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।
‘एपीवानसंगको सहकार्यमार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगीवुगीमार्फत देशलाई धेरै युवा कलाकार दिन सफल भएका छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘कुनै पनि कार्यक्रमको प्रायोजन गर्दा देशका यूवा पुस्ताले त्यसको प्रत्यक्ष लाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हो।’
कम्पनीकोअनुसार आपो बुगीवुगीका विजेताले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६ लाख र तेस्रो हुनेले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
‘कार्यक्रमको शुरुवात गर्दा हामीले पहिले एक जना विजेतालाई २५ लाख रुपैयाँ नगद पुरस्कार स्वरुप दिने निर्णय गरेका थियौँ,’कार्यक्रमका निर्देशक एलिन श्रेष्ठले भनिन्‘तर, हामीले भरखरै दोस्रो र तेस्रो हुनेलाई पनि खालि हात नजाओस् भन्ने उद्देश्यले पुरस्कार राशीको ब्यवस्था गरेका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४