सोमबार, मंसिर २९, २०८२

वीरेन्द्रनगर क्षेत्रमा आज साँझसम्म कर्फ्यू

अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै सोमबार विभिन्न दलका कार्यालयमा आगजनीको प्रयासपछि सुर्खेत क्षेत्रमा कर्फ्यू जारी छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै सोमबार विभिन्न दलका कार्यालयमा आगजनीको प्रयासपछि सुर्खेत क्षेत्रमा कर्फ्यू जारी छ।

National life

आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबारराति सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यू जारी गरेको छ।

सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्फ्यू आदेश जारी गरेका हुन्।   

सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनीको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। 

सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको भनिए पनि कर्फ्यूको समय थप गरिएको छ। स्थिति नियन्त्रणबाहिर जाने भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश गरिएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

कर्फ्यू आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ।

प्रकाशित: Mar 01, 2022| 07:45 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।