मस्को- रुसी टाइकून (उद्योगपति) ओलेग डेरिपास्काले सोमबार युक्रेनमा मस्कोको आक्रमणलाई लिएर पश्चिमी प्रतिबन्धको प्रभावबाट देशको अर्थतन्त्रमा परेको प्रभावका बेला 'यी सबै राज्य पुँजीवाद'को अन्त्य गर्ने र त्यस सम्बन्धी नीतिहरू परिवर्तन गर्ने समय आएको बताएका छन्।
'आर्थिक नीति' परिवर्तन गर्न आवश्यक छ। यो सबै राज्य पुँजीवादको अन्त्य गर्न आवश्यक छ,' डेरिपास्काले मेसेजिङ एप टेलिग्राममा आगामी तीन महिनामा अर्थतन्त्रमा के हुने हो भन्ने बारे अधिकारीहरूबाट 'स्पष्टीकरण' माग्दै सो टिप्पणी गरेका हुन्।