बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ९० लाख खर्चेर तीन प्रतियोगिता आयोजना गर्दै गणेशमान सिंह स्पोर्टस् कमिटी

९० लाख खर्चेर तीन प्रतियोगिता आयोजना गर्दै गणेशमान सिंह स्पोर्टस् कमिटी

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले ९० लाख खर्चमा तीन प्रतियोगिता आयोजना गर्ने भएको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले ९० लाख खर्चमा तीन प्रतियोगिता आयोजना गर्ने भएको छ। 

National life

कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ।

कमिटीको आयोजनामा शनिबारबाट वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए।

ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी  दिए।

Laxmi sunrise bank
kumari

यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए।

प्रकाशित: Feb 28, 2022| 20:55 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।