सुर्खेत- अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै विभिन्न दलका कार्यालयमा आगजनीको प्रयास भएको छ।
सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
सोमबार साँझ ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। स्थिति नियन्त्रणबाहिर जाने भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश गरिएको बताइएको छ।