बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन जिल्लाका कांग्रेसको बानेश्वरमा प्रदर्शन (भिडियो)

तीन जिल्लाका कांग्रेसको बानेश्वरमा प्रदर्शन (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेस उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ। २५ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीको मागप्रति समर्थन जनाउन तीन जिल्लाको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। 

उपत्सयकाका तीनै जिल्ला सभापतिले माफिया पोष्ने विधेयक फिर्ता र डा गोविन्द केसीको जीवनको रक्षाको माग  गरेको थिए। उनीहरुले सरकारले आफ्नो अधिनायकवादी गतिविधि नसच्याए थप कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। उनीहरुले सरकारलार्इ एक हप्ताको अल्टिमेटम समेत दिएका छन्। 

कांग्रेसको विरोध प्रदर्शन सरकार ढाल्न नभएर सरकारका गलत क्रियाकलाप सच्याउनका लागि भएको सभामा बोल्दै तीनै जिल्लाका पार्टी सभापतिले बताए। विरोध सभामा काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँ, ललितपुरका मदनबहादुर अमात्य र भक्तपुरका दुर्लभ थापाले आफ्नो धारणा व्यक्त गरेका थिए। 

नयाँ बानेश्वर प्रदर्शनको भिडियो हेर्नुहोस्


तस्बिर/भिडियो: सन्ध्या श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।