मंगलबार, वैशाख १५, २०८३

रुस र युक्रेनबीच बेलारुसको सीमा क्षेत्रमा वार्ता हुँदै

पाँच दिनदेखिको लगातारको युद्धपछि रुस र युक्रेन दुवै मुलुक वार्ताका लागि तयार भएका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

किभ– पाँच दिनदेखिको लगातारको युद्धपछि रुस र युक्रेन दुवै मुलुक वार्ताका लागि तयार भएका छन्। युक्रेनी राष्ट्रपति भोल्दोमिर जिलेनेस्कीको कार्यालयले रुससँग वार्ताका लागि युक्रेनी अधिकारीहरु युक्रेन–बेलारुस सीमा क्षेत्रमा पुगेको बताएको छ। 

National life

युक्रेनी विदेशमन्त्री ओलीकेसी रेजिनकोभ नेतृत्वमा राष्ट्रपतिका जिलेनेस्कीका सल्लाहकार मिखाइलो पोदोल्याकसहितको टोली रुसी प्रतिनिधिमण्डलसँग वार्ताका लागि पठाइएको रुसी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत भनिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको मुख्य मुद्दा भनेको तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्नुपर्ने रहेको छ।’ केही समयमा वार्ता हुने र अल्पकालीन समाधान निस्किने अपेक्षा गरिएको छ। 

यसअघि रुसले वार्ताका लागि मिन्सकमा बोलाएपछि युक्रेनले आफूमाथि आक्रमणका लागि भूभाग उपलब्ध गराउने मुलुकमा वार्ता नगर्ने बताएको थियो। त्यसपछि वार्ताका लागि युक्रेन र बेलारुसको सीमा क्षेत्र निर्धारण गरिएको हो। 

रुसले लगातार गरेको आक्रमणबाट एक लाख ६० हजारभन्दा बढी युक्रेनीहरु विस्थापित भएका छन्। त्यसैगरी २४० युक्रेनी सर्वसाधारण मारिएका छन्। युक्रेनी सेनाका अनुसार करिब चार हजार रुसी सेना मारिएको दाबी गरिएको छ। 

kumari

प्रकाशित: Feb 28, 2022| 15:18 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।