बुधबार, असार ३१, २०८३

आँसु झार्दै राजिनामा दिए कानून मन्त्री तामाङले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कानून मन्त्री शेरबहादुर तामाङ मन्त्रालयमा मंगलबार राजिनामा दिनु अघि निकै बेर भावुक भए। राजिनामा दिनुअघि उनका आँखाबाट आँसु देखिएका थिए। 
छेउमा रहेकी पूर्व संसद आफ्नो पत्नी उषाकाला राईको पटक-पटक तारिफ गरेका थिए। उनले राईको सुझावलाई जहिले पनि मान्ने गरेको बताए। आफु भावुक मानिस भएको उनले बताए। 

आफुले नारीको सम्मान गर्ने गरेको बताए। उनले बीचमा कानून निर्माणसँग सम्बन्धित भएर प्रश्न गर्न पत्रकार सम्मेलनमा आग्रह गरेका थिए। आफुले जानी जानी कसैको  अहित नगरेको बताए। 

उनले जारी गरेको विज्ञप्तिमा नारीको आफुले अत्यन्तै सम्मान गरेको बताए। प्रधानमन्त्री र सरकारलाई सफल बनाउन नैतिकताको आधारमा राजिनामा दिएको बताए। 

एक सार्वजनिक कार्यक्रममा केही दिन पहिला बंगलादेशमा अध्ययन गर्न गएका महिला विद्यार्थीका बारेमा गरेको टिप्पणी विवादमा परेको थियो। 

उनले पत्रकार सम्मेलन सके लगतै प्रधानमन्त्रीलाई राजिनामा बुझाउन बालुवाटार गएका थिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।