मंगलबार, साउन ५, २०८३

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो। यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

सउल- दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ। तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो। यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए। 

यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन्। सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ।

यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो। तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ।  सिन्ह्वा

प्रकाशित: Feb 28, 2022| 13:40 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।