शनिबार, फागुन २३, २०८२

भारतमा दैनिक संक्रमितको संख्या दश हजार भन्दा कम

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या दश हजार भन्दा कम हुन थालेको छ। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ संक्रमित थपिएका छन्। 

National life

यो संख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक संक्रमितहरुको संख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका हुन्। उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेका छन्। 

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै  अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।  

उनीहरुका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ। ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   एएनआई

प्रकाशित: Feb 28, 2022| 13:21 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।