बिहीबार, असार ३२, २०८३

महिला आयोग पदाधिकारीबिहीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल महिला आयोग १० महिनादेखि पदाधिकारी बिहीन अवस्थामा छ । यति लामो समयसम्म पदाधिकारी बिहीन भएको आयोगमा पदाधिकारी चयन गर्न सरकारले प्रभावकारी कदम चालेको छैन । 

२०७४ साल असोज २९ गते पारित भएको राष्ट्रिय महिला ऐनको कार्यकारी निर्देशको आदेशबाट पदाधिकारी स्वतः पदमुक्त भएका थिए । सोही बेलाबाट आयोग पदाधिकारी बिहीन भएको आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले जानकारी दिए । 

एकल रूपमा कायमुकायम अध्यक्ष तथा पदाधिकारीको सम्पूर्ण कार्यभार सक्हाल्दै आएकी भगवती घिमिरे पनि पदमुक्त भएपछि आयोग पदाधिकारी बिहीन भएको हो । अहिले आयोगमा कुनै हाल कुनै प्रकारको कायम मुकायम पदाधिकारी छैन । 

नेपालको संविधान, २०७२ का अनुसार, महिला आयोगलाई संवैधानिक अंग भए पछि,  संसदीय सुनुवाइ समिति मार्फत नै नियुक्त हुने गरेको छ । जसमा एक अध्यक्ष गरी चार सदस्यको समिति हुने गरेको छ । 

कस्तो प्रकारको काम कारवाही गरिरहेको ?

पदावधि रिक्त रहेको यस अवस्थामा आयोगको वार्षिक रूपमा पूर्व निर्धारित काम जारी रहेको छ । यस बाहेक घरेलु हिंसाबाट पीडित महिलाको उजुरी, मालपोतको जग्गा रोक्का काम, पीडित श्रीमतीलाई जानकारी नदिई विदेश  गएको जस्ता मुद्दामा भने सम्बन्धित पदाधिकारी नहुँदा केही अप्ठ्यारा रहेको सुचना अधिकारी ध्रुव राज क्षेत्रीले जानकारी दिए ।   

को को थिए पूर्व पदाधिकारी ?

महिला आयोगका पूर्व अध्यक्ष शेष चाँदताराको पदावधि २०७२ कात्तिक २७ मा भएको थियो। साथ साथै, २०७२ चैत ५ मा, कार्यवाहक अध्यक्ष मनु हुमागाई, सदस्य धोश्वरी कुमारी चौधरी र उर्मिला विश्वकर्माको पदाविहिन भएका थिए । त्यस्तै, मोहना अन्सारीको भने २०७१ जेठ १८ मै पदावधि सकिएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।