बुधबार, असार ३१, २०८३

प्रेमीसँग मिलेर श्रीमानको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी–कैलालीमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेको एउटा घटना सेलाउन नपाउदै पुनः सोही प्रकृतिको घट्ना दोहोरिएको छ ।

कैलालीको भजनी त्रिशक्ति नगरपालिका–९ गंजवा गाउँमा २६ बर्षीया निर्मला राजीले प्रेमी १९ बर्षीय दिलिप राजीसँग मिलेर श्रीमान २६ बर्षीय नन्दु राजीको हत्या गरेको खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीका अनुसार निर्मलाले दिलिपसँग मिलेर नन्दुको हत्या गरी जंगलमा गाडेको अवस्थामा शव फेला परेको छ । 

दिलिप र निर्मलाको भनाईका आधारमा नन्दुको शव घरदेखि करिव एक किलोमिटर टाढा मंगलबार बिहान साढे आठ बजे प्रहरीले फेला पारेको हो । 

उनीहरु दुबै जना प्रहरी हिरासतमा छन् भने नन्दुको शव पोष्टमाटमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । मृतकका सात र तीन बर्षका दुई छोरा छन् । उनीहरुका आफन्त अरु कोही नहुँदा अहिले दुई बालकको बिचल्ली भएको छ । 

कसरी पत्ता लाग्यो घट्ना

प्रहरीका अनुसार निर्मलाका प्रेमी दिलिप साउन ३ गते राति नन्दुको घरमा गएको गाउँलेले थाहा पाए । र केहि दिन पहिले मात्र हुम्लामा काम गर्ने नन्दु पनि घर आएका थिए । 

त्यो कुरा गाउँलेले देखेका थिए । जुन दिन दिलिप राति उनको घारमा गएका थिए त्यसको भोलिपल्टबाट नन्दु देखिएनन् । गाउँलेलाई शंका लाग्यो र अर्काको घरमा राति जाने दिलिपलाई पक्राउ गरी सम्झाउनु पर्‍यो भन्दै गाउँलेले प्रहरीलाई खबर गरे । 

प्रहरीले उनलाई ७ गते नियन्त्रणमा लियो । सोधपुछका क्रममा नन्दु पनि घरमा नभएको सुनिएपछि प्रहरीलाई शंका लागेपछि श्रीमती निर्मलालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरियो । सोधपुछका क्रममा मध्यरातमा दुबैले घाँटी च्यापेर नन्दुको हत्या गरी जंगलमा शव गाडेको कुरा स्वीकार गरे ।

प्रहरीले उनीहरुले भनेको ठाउँमा गएर गाडेको अवस्थामा शव भेटाएर पोष्टमाटका लागि अस्पताल पुर्‍याएको छ । 

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार नन्दु कामको ज्याला मजदुरी गर्ने भएकाले कामको शिलशिलामा प्रायः बाहिर हुन्थ्ये । करिव डेढ बर्षदेखि दिलिप र निर्मलाको बीचमा अबैध सम्बन्ध रहेको र त्यो कुरा घरमा आएको बेला नन्दुले थाहा पाएपछि घरमा झगडा हुन थाल्यो । 

श्रीमानले अबैध सम्बन्ध बारे थाहा पाए पछि प्रेमी बोलाएर श्रीमानको हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए । त्यहि गाउँमा माईती भएकी निर्मलाले  कामको शिलशिलामा आएका नन्दुसँग बिहे गरेको खुलेको छ । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यस अघि कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेलाले साउन ८ गते आफ्नो प्रेमीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको घट्ना अनुसन्धानै क्रममा छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।