आइतबार, वैशाख ७, २०८२

एमसीसी अनुमोदन : देउवाको राजनीतिक, कूटनीतिक र नैतिक विजय

प्रधानमन्‍त्री देउवाले भनेका थिए, ‘राष्ट्रिय महत्व र राष्ट्रहितको विषयमा हामी सरकारमा रहनु र नरहनु महत्वपूर्ण कुरा होइन। सरकारबाट हट्नुपरे पनि एमसिसीको पक्षमा छौं।'
 |  आइतबार, फागुन १५, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, फागुन १५, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- कुनै पनि मुलुकको निकै संवेदनशील मुद्दा 'राष्ट्रवाद' र 'राष्ट्रघात'को कसीमा राखेर व्याख्या गरिएको अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता एमसीसी आइतबार बहुमतका साथ प्रतिनिधि सभाबाट अनुमोदन गरिएको छ। देशभित्रका राजनीतिक दलहरुले राष्ट्रघाती भन्दै सडकमा आन्दोलन गरिएको अमेरिकासँगको सम्झौता एमसीसीको पक्षमा उभिएर सतिसालझैं वकलात गर्दै संसद्‌भित्र प्रवेश गराएर अनुमोदन गराउन प्रधानमन्त्री देउवाको सफल भएका छन्। 

एमसीसीबारे फैलाइएको भ्रमले जनतालाई भोट बैंकको व्यवहार गर्ने नेताहरु पनि एमसीसीको पक्षमा बोल्‍न नसक्ने स्थिति थियो। प्रधानमन्त्री देउवाकै पार्टी नेपाली कांग्रेसका नेताहरु पनि एमसीसीको पक्षमा बोल्‍न भयभित भएको अवस्था थियो। राजनीतिक शक्तिहरुबीच माथापच्ची चलेको थियो। 

तर, निरन्तरको पहल र एकोहोरो अडानले सम्झता भएको ९५० दिनपछि संसद्‌ सचिवालयको घर्रामा थन्काइएको एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधि सभामा टेबल गरेको एक सातामै टुंगो लगाउन देउवा सफल भएका छन्। सिंगो देशलाई राजनीतिक दलहरुले एमसीसीको विपक्षमा उभ्याएको पृष्ठभूमिबाट संसद्‌मा बहुमत पारित गराउन गरेको देउवाको मेहनतलाई राजनीतिक, कूटनीतिक र नैतिक सफलताको रुपमा व्याख्या गर्न थालिएको छ। 

प्रकाशित: Feb 27, 2022| 23:32 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...