बुधबार, असार ३१, २०८३

महिला संघमा विवाद चुलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेसको भातृ संगठन नेपाल महिला संघमा विवाद चुलिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर महिला नेतृहरूले आइतबार र सोमबार छुट्टै भेला आयोजना गरेपछि महिला संघ दुई चिरामा विभाजित देखिएको हो।

संघको नेतृत्वमा सभापति शेरबहादुर देउवा निकट प्यानलले बहुमत ल्याएको थियो। अध्यक्ष उमा रेग्मी सभापति देउवानिकट मानिन्छिन् । महामन्त्री धना खतिवडा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । 

दुईदिने भेलामा संस्थापन पक्षधर महिला संघका पदाधिकारीहरूको उपस्थिति थिएन। संघमा संस्थापन पक्षको बहुमत भए पनि सिटौला पक्षका २२ र पौडेल पक्षधर एक जना मात्र छन्।

संघको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले भेलामा भने, 'अहिले महिला संघ एकातिर महिला अर्कैतिर भएको छ। त्यही भएकाले यसरी देशभरका महिला दिदीबहिनी भेला हुनुभएको हो । अब यस्ता भेलालाई गाउँ-गाउँसम्म लैजानूस्।'

भेलालाई युवा नेता गगन थापाले पनि सम्बोधन गरेका थिए । 

महिला संघको काठमाडौं जिल्ला समितिले आयोजना गरेको भेला १३ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ। भेलाले कानून मन्त्रीले पदीय आचरणविपरित बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने नेपाली चेलीहरूलाई अपमान गरेको बताउँदै उनको बर्खास्ती माग गरेको छ।

समाज सुधारक अग्रज महिला योगमाया न्यौपानेलाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न भेलाले माग गरेको छ।

महिला संघ सभापति उमा रेग्मीले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलन महामन्त्री खतिवडालगायतले बहिस्कार गरेका छन्। नेता सिटौला पक्षधर २२ केन्द्रीय सदस्य पत्रकार सम्मेलनमा उपस्थित भएनन्। 

राजधानीमा आयोजित एक साक्षात्कारमा महिला संघकी पूर्वअध्यक्ष डा. डिला संग्रौला र महासचिव खतिवडालगायतले कानून मन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।