शुक्रबार, जेठ १, २०८३

एथेन्समा भिषण आगलागी, २४ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी-ग्रीसको राजधानी एथेन्स नजिकैको एक गाँउमा भएको भिषण आगोलागीमा परी २४ जनाको मृत्यु भएको छ ।

ग्रीसको माल्टी गाँउबाट करिब २९ किलोमिटर पुर्वमा पर्ने गाँउ नजिकैको जंगलमा लागेको आगो गाँउलाई एकैछिनमा घेरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

आगोलागीबाट एक सय बढि घाईते भएका छन । स्थानीय पर्यटकीय स्थान रहेको उक्त ठाउँ युवा तथा बच्चा बच्चीको लागी छुट्टी मनाउने आर्कषक गन्तब्य हो ।

ग्रीस सरकारका प्रवत्ता दिमित्रीस ट्जान्कोपुलोस ले आगोलागीबाट ८८ जना बृद्ध तथा १६ जना बालबालीका प्रभावित भएको बताए । 

धुवाँको मुस्लोमा निसास्सीएर  एक ६ महिनाको बच्चाको पनि मृत्यु भएको प्रतक्षदर्शीले बताएका छन् । 

समाचार एजेन्सी रायटर्सका अनुसार आगोलागीको घटना पछि बोस्नीयामा रहेका ग्रीसका प्रधानमन्त्री आलेक्स स्वदेश फर्किएका छन् । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।