आइतबार, वैशाख ७, २०८२

परिवार नियोजनका साधन प्रयोगमा महिला अघि, जिम्मेवारी कि बाध्यता?

दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्नका लागि उनले श्रीमानसँग सल्लाह पनि गरेकी थिइन्। श्रीमानलाई भ्याक्सेटोमी गर्न आग्रह पनि गरिन्। तर श्रीमानले मानेनन्।
 |  आइतबार, फागुन १५, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, फागुन १५, २०७८

vianetvianet

काठमाडौं- चितवनकी ३५ वर्षीया विपना (नाम परिवर्तन)का दुई सन्तान छन्। ३० वर्षको उमेरभित्रै दुई सन्तान जन्माइसकेकी विपनाले पछिल्लो ५ वर्ष निकै पीडा भोग्नुपर्‍यो, कारण ३ पटकको गर्भपतन।

triton college

दुई सन्तानकै साथमा रहेकी उनलाई सन्तानको रहर पूरा भइसकेको थियो। तैपनि अनिच्छित गर्भ रहन पुगेकाले पतन गराउनु उनको बाध्यता बन्यो। यसरी पटकपटक गर्भपतन गराउँदा उनले आफैंलाई बाजी थापेकी छन्। 

पहिलोटक गर्भपतन गराउन जाँदा श्रीमानलाई पनि सँगै लिएर गएकी विपनाले दोस्रो र तेस्रो पटक भने श्रीमानसँग गइनन्। दोस्रो र तेस्रो पटकको गर्भपतनका बेला पनि श्रीमान् साथमा जान सक्ने अवस्था हुँदाहुँदै पनि उनले श्रीमानलाई नलगेकी हुन्। किन त? अस्पतालमा चिकित्सकहरूले श्रीमानलाई गाली गर्ने डरले श्रीमान् हुँदाहुँदै पनि गर्भपतनका बेला उनले नलगेकी हुन्। 

यति मात्र होइन, चिकित्सकले गर्ने गालीबाट बच्नकै लागि विपनाले अर्को कुरा पनि झुटो बोल्नुपर्‍यो। तेस्रोपटक गर्भपतन गराउँदा पनि आफूले दोस्रोटक मात्र गर्भपतन गराएको भने उनले चिकित्सकलाई पनि ढाँट्नुपरेको थियो। पटकपटक गर्भपतन असुरक्षित हुने कुरा उनलाई पनि थाहा थियो। यसै विषयमा चिकित्सकको थप गाली खान चाहन्नथिन्, असुरक्षित हुने थाहा हुँदाहुँदै पटकपटकको बाध्यताबारे उनी चिकित्सकसँग खुलेर कुरा गर्न सक्दिनथिन्, चिकित्सकदेखि उनलाई एक किसिमको डर पनि लाग्थ्यो। 

000

National life insurance

तीनपटकको गर्भपतनपछि विपनाको शरीर कमजोर भएको छ। विपनाले श्रीमानलाई यौनसम्पर्कका समयमा अस्थायी साधन (कन्डम)को प्रयोग गर्न भने पनि श्रीमानले मान्दैनन्। श्रीमानले यौन सन्तुष्टिको मात्रा कम हुने भनेपछि विपनाले थप केही भनिनन्। श्रीमानको डर र समाजको इज्जतका लागि पनि उनले सबै पीडा चुपचाप सहिन्। 

श्रीमानलाई स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्नका लागि विपनाले आग्रह गरेकी थिइन्। तर श्रीमानले मान्दैनन्। महिलाभन्दा पुरुषलाई स्थायी बन्ध्याकरण गर्न सजिलो हुन्छ भन्ने सुनेकी विपनाले श्रीमानलाई बन्ध्याकरण गर्न आग्रह गरेकी थिइन्। तर उनको उक्त प्रयास सफल भएन। अन्त्यमा विपनाले नै स्थायी बन्ध्याकरण (मिनिल्याप) गरिन्। मिनिल्याप गरेको एक वर्ष भएको छ। श्रीमानले बन्ध्याकरण गरिदिएका भए न त विपनाले पिडा सहनुपर्ने थियो, न त श्रीमानप्रति कुनै गुनासो नै हुन्थ्यो। 

‘श्रीमानले अस्थायी साधनको प्रयोग नगरेपछि मैले आँफैले प्रयोग गर्न थालें। कहिले सुइ लगाएँ। कहिले पिल्स खाएँ। कहिले अरु उपाए अपनाएँ,' विपना भन्छिन्, 'यति हुँदाहुँदै पनि कहिलेकाँही गर्भ बस्दोरहेछ। अस्थायी साधन मेरो शरीरमा त्यति फिट भएजस्तो लागेन। सञ्चो गरेको जस्तो भएन। मेरो शरीरलाई गाह्रो हुने कुरा श्रीमानले बुझ्नुभएन। त्यसपछि आँफैले स्थायी बन्धाकरण गराएँ।’

000

करिब ४ महिना अगाडि काभ्रेकी सीमा भुजेल (नाम परिवर्तन) डा. तुम्ला शाहको क्लिनिकमा पुगिन्। दुई सन्तानकी आमा बनिसकेकी उनी अर्को सन्तान जन्माउने पक्षमा थिइनन्। गर्भ निरोधका लागि अस्थायी चक्की खाने गरेकी उनको महिनावारी नियमित भएन। 

महिनावारी नियमित नभएकै कारण गर्भ बसेको तेस्रो महिनामा मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन्। यसपछि गर्भपतनका लागि सल्लाह लिन उनी डा. तुम्लासँग पुगेकी थिइन्। 

प्रकाशित: Feb 27, 2022| 17:58 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्