बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तापक्ष पहिला बोलेपछि राष्ट्रियसभाको बैठक स्थगित

सत्तापक्ष पहिला बोलेपछि राष्ट्रियसभाको बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । 

सत्तापक्षका सदस्यलाई पहिला बोल्न दिएको भन्दै विपक्षी दल कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए पछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले भोली बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

बैठकको सुरुमै बोल्ने समय माग्दै सत्तापक्ष दल नेकपाका सचेतक खिमलाल भट्टराईले बोल्ल थालेपछि विपक्षी दलका सांसदहरु आक्रोशित बनेका थिए । सुरुमा आफुहरुलाई बोल्न दिनुपर्ने भन्दै उनीहरुले उभिएर विरोध गरेका थिए । करिब आधासम्म उभिएर विरोध जनाएका विपक्षी दलका सांसदलाई पटक पटक बस्न अध्यक्षले आग्रह गरेपनि उनीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो । 
बैठक भोली बुधबार बिहान ११ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाका विभिन्न चार विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको थियो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।