बुधबार, असार ३१, २०८३

ओलीको आक्रोस- 'बस्त्र उतारेर कांग्रेस मैदानमा आयो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिलेको सिस्टम (प्रणाली) लाई असफल बनाउन लागिरहेको अरोप लगाएका छन् ।

नेकपा निकट प्रेस चौतारी र प्रेस सेन्टरआवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले सामन्ती राजतन्त्र मान्न सक्ने कांग्रेस अहिले जनताले छानेको प्रतिनिधिको शासन र सरकार मान्न तयार नभएको आरोप लगाए ।

‘कांगे्रस अहिलेको बस्त्र उतारेर मैदानमा आएको छ’, नेकपामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक सहभागीले भने ‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्दैन । अब लोकतन्त्रको रक्षा कम्युनिष्टले गर्छन । नीति र व्यहारमा कांग्रेसलाई हामी चुनौति दिन चाहन्छौं ।’ 

ओलीले विगतमा ५० लाख दिएर प्रचण्डको टाउको ल्याएर आउ भन्ने कांग्रेसलाई उनै प्रचण्ड शासक हुँदा सही नसक्नु भएको तर्क गरे । ‘हिँजो हामी भूमिगत हुँदा राम्रोसँग खान नपाएर ख्याउटे हुँदा र फाटेको जुत्ता लगाएको देखेका कांग्रेसहरुलाई आज हामीले नै सत्ता चलाएको सहिनसक्नु भएको छ’ ओलीले भने । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा गठन भए पनि तिनका भातृ र शुभेच्छुक संघ÷संस्था भने अझै एकीकृत हुन सकेका छैनन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।