मंगलबार, पुस १, २०८२

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

कर्णाली- गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ।

National life

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो। काठमाडौंस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा-१२ सुर्खेतस्थित राजीगाउँमा भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो। 

उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। विसं २०४८ मा जन्मिएका उनि सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित थिए।

प्रकाशित: Feb 27, 2022| 10:25 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।