काठमाडाैं- जर्मनीका मिडफिल्डर मेसुट ओजिजले अन्तराष्ट्रिय फुटबलबाट लिएको संन्यास जर्मनी फुटबल संघले अस्वीकार गरेको छ ।
उनले जर्मन फुटबल संघमा भएको जातिवाद र विश्वकपको पहिलो चरणबाट बाहिरिनुमा आफूलाई मात्र दोषि देखाएको महशुस गरेपछि अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने उद्देश्यले राजिनामा दिएका थिए ।
आर्सनलका २९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको जर्सी लगाउन नसक्ने बताएका थिए ।
विश्व कपमा ८० वर्षयता जर्मनीले सबैभन्दा खराब प्रदर्शन गर्दा ओजिलको चर्को आलोचना भएको थियो । विवादास्पद टर्कीका राष्ट्रपति रिकेप टेएप इर्डोडोनसँग उनको विश्वकपअघि सार्वजनिक भएको तस्बिरलाई लिएरपछि झन् विवाद चर्काइएको थियो ।
रुस विश्वकपमा जर्मनी ३ मध्ये २ खेलमा हार र १ खेलमा जित निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो । आइतबार सामाजिक सञ्जालमा तीन वटा चिठ्ठी सार्वजनिक गर्दै ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका थिए । उनले छोड्नुको मुख्य कारण जातिवाद र अपमान भएको बताएका थिए ।
ओजिल जर्मनी र टर्कीस मिश्रित परिवारका हुन् । उनले उनको परिवारलाई इमेल, फोन र सामाजिक सञ्जालमार्फत् धम्की आइरहेको पनि बताएका थिए । जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा ओजिल टोलीका महत्वपूर्ण सदस्य थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४