बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि व्यवस्था मन्‍त्री फेरिने, खनालले छाड्ने, अर्याल आउने

भूमि व्यवस्था मन्‍त्री फेरिने, खनालले छाड्ने, अर्याल आउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेबारी हेरफेर गर्ने भएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आएसँगै शुरुभएको किचलो समाधान गर्न ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न लागेका हुन् ।
 
स्वास्थ्यमन्त्रालयको जिम्मेवारी समालेका यादवले राज्यमन्त्री पद्मा अर्यालका कारण काम गर्न असहज भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले अर्याललाई राज्यमन्त्रीबाट हटाउने तयारी गरेका छन् । अर्याललाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।
 
कृषि, भूमि व्यबस्था तथा सहकारी मन्त्रालयलाई टुक्राएर भूमि सुधार व्यबस्था र कृषि तथा सहकारी मन्त्रालय गरि दुईवटा मन्त्रालय बनाउने भएको छ । अर्याललाई भूमि सुधार व्यबस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ । 

हाल यस मन्त्रालयको जिम्मेवारी सम्हालेका चक्रपाणी खनाल 'बलदेव'लाई भने कृषि तथा सहकारी मन्त्रालयको मात्रै जिम्मेवारी दिइने भएको छ । खनालले भूमि सुधारका लागि केहि सकारात्मक कदम चालेपनि भागबन्डा मिलाउनै पर्ने बाध्यतामा सरकार परेपछि उनले भूमि सुधारको जिम्मेवारी छाड्नु परेको हो ।

सरकारले जिम्मेवारी हेरफेरको निर्णय मंगलबार नै गर्नसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।