काठमाडौं- आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने भएका छन् । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिने तयारी गरेका हुन् ।
केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको आफूले सुनेको बताएका थिए । उनको यो अभिव्यक्तिको स्वास्थ्यकर्मी विद्यार्थी, नागरिक समाजलगायतले चर्को विरोध गरेका थिए । उनको अभिव्यक्तिको सामाजिक संजालमा पनि चर्को विरोध भएको थियो ।
तामाङको राजीनमाका विषयमा पार्टी भित्रै चर्को दवाव परेको स्रोतले जनाएको छ । उनलाई राजीनामा गराउने बारेमा नेकपाको सचिवालय बैठकमा समेत छलफल भएको एक नेताले जानकारी दिए । माधव नेपाल निकट मानिने तामाङलाई हटाउने विषयमा नेता नेपाल आफैले चासो राखेको पनि स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४