बुधबार, असार ३१, २०८३

ललितपुरमै छैन आगो नियन्‍त्रण गर्न भरपर्दो औजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- आगलागी तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन सकेको छैन । 

महानगरपालिकामा जम्मा नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ । नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए ।  दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा उपकरणको व्यवस्था गर्ने र स्थानीयवासीलाई तालीम दिएर आगलागी नियन्त्रण आउन सक्छ । उनले भने, “त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।” 

आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिने उनले बताए । फायर मेसिन र पानीको उपलब्धता हुँदा स्थानीयवासीले आगो लाग्नासाथ निभाउन थाल्छन् । जसले गर्दा आगो ठूलो क्षेत्रफल फैलिएर धेरै क्षति हुन सक्दैन । प्रमुख महर्जन भन्छन्, “यी सामग्री उपलब्ध हुँदा नगरवासी दमकललाई खबर गर्नुभन्दा पहिले आगो निभाउन थाल्न सक्छन् ।” 

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताए । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्याहाँबाट रोलिङ गर्दै लानुपर्छ । रोलिङ घरमाथिबाट मिलाएर आगो लागेको स्थानसम्म पुर्‍याउँदा बढी समय लाग्ने हुँदा क्षति बढ्छ । उनी भन्छन्, “स्थानीयस्तरमा नै फायर मेसिन हुँदा सजिलो र चाँडो हुन्छ ।” 

केही वर्ष पहिले जापानी सहयोग संस्था जाइकाले रिजर्भ ट्यांकी निर्माण र फायर मेसिन खरिदमा आर्थिक र प्राविधिकरुपमा सहयोग गरेको थियो । संस्थाले स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।