सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुर्खेत पुगेर बादलले भने - राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना

Siddartha premir insuranceSiddartha premir insurance

सुर्खेत पुगेर बादलले भने - राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना

सुर्खेतमा शनिबार स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्‌बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखापर्ने बताएका हुन्।
 |  शनिबार, फागुन १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

सुर्खेत- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकत देखापरेको बताएका छन्। सुर्खेतमा शनिबार स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्‌बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखापर्ने बताएका हुन्। 

triton college

नेता थापाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको स्पष्ट पारे। 'जबसम्म एमालेको माग पूरा हुँदैन, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन,' उनले भने, 'यदि सरकारलाई एमालेको सहयोग चाहिएको हो भने पहिले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउनुपर्‍यो।' उपाध्यक्ष थापाले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी गरे।

प्रशिक्षण कार्यक्रममा उनले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललगायतले स्थानीय तहको निर्वाचन तयारी केन्द्रित मन्तव्य व्यक्त गरेका थिए। 

दुईदिने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीको सहभागिता छ।

प्रकाशित: Feb 26, 2022| 23:10 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।