शनिबार, फागुन २३, २०८२

युक्रेनमाथिको आक्रमणमा रुसी ह्‌याकरहरु पनि सक्रिय

युक्रने संकट सुरु भएदेखि रुसी सेनासँगै ह्याकरहरुले पनि साइबर हमलाहरु सुरु गरेका थिए। युक्रेनमा भएको साइबर आक्रमणमा रुस दोषी भएको युक्रेनले बताएको थियो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

मस्को- युक्रने संकट सुरु भएदेखि रुसी सेनासँगै ह्याकरहरुले पनि साइबर हमलाहरु सुरु गरेका थिए। युक्रेनमा भएको साइबर आक्रमणमा रुस दोषी भएको युक्रेनले बताएको थियो। 

National life

तर आक्रमणकारीहरू सबै रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका लागि भने काम गरिरहेका छैनन्।

'देशभक्त' रूसी ह्याकरहरूको एउटा समूहले साइबर-अराजकता निम्त्याउन आफ्नो फुर्सदको समयमा रमाईलोको लागि यो आक्रमण गरिरहेको बीबीसीका साइबर सुरक्षा संवाददाता जोइ टिडीले बताएका छन्। 

दिमित्री (उसको वास्तविक नाम होइन) आफ्नो मुलुक (रुस)लाई सहयोग गर्नका लागि 'युक्रेनलाई आफ्नो कम्प्युटरबाट हराउन' लागिरहेको बताएका छन्। 

गत हप्ता उनले आफूसहित पाँच सहयोगीहरूले आक्रमणहरु गरेको बताएका थिए। उक्त आक्रमणपछि युक्रेनी सर्भरहरू ह्याक भएको र तिनीहरूलाई अस्थायी रूपमा अफलाइनमा लिएका थिए।

Laxmi sunrise bank
kumari

उनीहरूले विद्यालयहरूलाई बम आक्रमण गर्ने २० वटा धम्की सन्देशहरु पनि पठाएको, युक्रेनी 'र्‍यापिड रेस्पोन्स टिम'को लाइभ ड्यासबोर्ड फिडहरूमा ह्याक गरिएको र 'मेल डट जिओभी डट यूए' आधिकारिक युक्रेनी सरकारी इमेलहरू साइट पनि बन्द गराएका छन्। 

यससँगै युक्रेनी मिलिटरीको वेबसाइट पनि बन्द गराइएको बीबीसीले जनाएको छ। दिमित्रीले भने, 'यो केवल सुरुवात हो,' दिमित्रीले भने।

प्रकाशित: Feb 26, 2022| 19:35 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।