शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सिन्धुपाल्चोकको सभापतिमा उम्मेदवारी घोषणा गरेका डा. लामाले दिए ८ कारण

सिन्धुपाल्चोकको सभापतिमा उम्मेदवारी घोषणा गरेका डा. लामाले दिए ८ कारण

यही फागुन २० गते हुने तय गरिएको नेपाली कांग्रेसको सिन्चुपाल्चोकको जिल्ला अधिवेशनमा सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन्। २०२६ माघ २६ मा जन्मिएका लामा २०४३ सालदेखि नै नेविसंघ सदस्यता लिएका थिए।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- यही फागुन २० गते हुने तय गरिएको नेपाली कांग्रेसको सिन्चुपाल्चोकको जिल्ला अधिवेशनमा सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन्। २०२६ माघ २६ मा जन्मिएका लामा २०४३ सालदेखि नै नेविसंघ सदस्यता लिएका थिए। 

National life

२०४६ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी २०४७ मा नेविसंघको सिन्धुपाल्चोक जिल्ला सचिव बनेका थिए। २०४९ नेपाली कांग्रेस जिल्ला सदस्य भएका लामा २०४९/०५१ मा नेविसंघको तर्फबाट संयुक्त क्याम्पस स्ववियू सभापतिमा प्रतिस्पर्धा गरेका थिए। 

२०५१ नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भए भने २०५१/२०५२ नेविसंघ केन्द्रीय सदस्य बने।  २०६२/०६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका लामा २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बने। नेपाली कांग्रेस महाधिवेशन/ महासमिति सदस्य भइसकेका लामा केन्द्रीय कोभिड अनुगमन समितिका पनि सदस्य हुन्।

केन्द्रीय जनसम्पर्क समिति समन्वय विभाग सदस्य रहेका लामा आफ्नो उम्मेदवारी बारे ८ कारण प्रस्तुत गरेका छन्। 

सभापतिको उमेदवारी दिनुका ८ कारण:

Laxmi sunrise bank
kumari

- बदलिएको कांग्रेस बलियो कांग्रेस बनाउन।

- निष्ठाको राजनीतिलाई निरन्तरता दिन।

- लोकतान्त्रिक समाजवादको नितिलाई कार्यान्वयन गर्न।

- आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई सिन्धुपाल्चोकमा विजयी बनाउन।

- युवा पुस्ता लाई उधमशिल बनाउदै नेपाली कांग्रेस संग जोड्न।

- नेपाली कांग्रेसको समावेशी नितिलाई व्यवहारमा लागु गर्न।

- महिलालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकको हरेक तहको नेतृत्वमा स्थापित गर्न।

- प्रविधिमैत्री सिन्धु कांग्रेसको निर्माण गर्न।

प्रकाशित: Feb 26, 2022| 16:50 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।