मोरङ- प्रहरीले नक्कली भारतीय नोटसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार बिराटनगर महानगरपालिका-१३ बाट भारतीय १०० दरको ४८ थान नक्कली नोटसहित भारत बिहार पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम पक्राउ परेका छन्।
निजहरु सवार टेम्पोबाट विराटनगर-१३ नहर चोकमा सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त नक्कली नोट बरामद गरेको हो। निजहरुलाई नक्कली नोटसहित इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।