बुधबार, असार ३१, २०८३

डा केसीको अनशनले मौलिक हकको हनन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बैतडी- डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा अवरुद्ध भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।  

ज्ञापनपत्रमा चिकित्सा क्षेत्रको सुधारका नाममा पटकपटक अनशन बस्दै आउनुभएका डा केसीका कारण नागरिकको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन् भएको र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको आरोप लगाइएको छ । 

ज्ञापनपत्रमा अनशनकै कारण केही बिरामीहरुले समयमै उपचार नपाएर ज्यान समेत गुमाउनु परेकाले यस्ता गतिविधि बन्द गरी निर्बाध स्वास्थ्य संस्था सञ्चालन गर्न माग गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।