बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको सवारी दुर्घटनामा निधन

सुर्खेतका कान्छा वडाध्यक्ष कार्कीको सवारी दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको हो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

सुर्खेत- मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको हो। 

National life

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ गते ठक्कर दिएको थियो।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

गम्भीर घाइते भएका  उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। कार्की सुर्खेतका निर्वाचित वडाअध्यक्षहरुमध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए।

प्रकाशित: Feb 26, 2022| 07:43 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।