काठमाडौं– तपाईं काठमाडौंको गौशाला चोक वरपर पुग्नुभयो भने पूर्वतिरबाट पशुपति मन्दिर प्रवेशद्वारको दक्षिणी मोहडामा ‘होटल ट्राभल इन’ देख्नुहुनेछ। झन्डै एक दशकदेखि सञ्चालित यो होटलले अहिले आफ्नो काया फेरेको छ। होटलको संरचना र स्वरुप आकर्षक बनाइएको छ। ग्राहकको सेवा–सुविधा पनि परिमार्जन गरिएको छ।
होटलको स्वामित्व डिभी ग्रुप अफ कम्पनिजले लिएपछि होटल ट्राभल इनको रुपरङ्ग बदलिएको हो। उत्पादन तथा सेवामूलक व्यवसायमा ख्याति कमाएको डिभी ग्रुपले केही महिनाअघि मात्र यो होटल खरिद गरी व्यवस्थापनको जिम्मेवारी प्याराडाइज इन ग्रुपलाई दिएको छ।
‘नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा आएपछि हामीले ग्राहकलाई केन्द्रमा राखेर सेवासुविधा र होटलभित्रका संरचनाहरु बदलेका छौं,’ होटलका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले भने, ‘सेवा प्रवाहमा हार्दिकता पक्षको बढोत्तरीसँगै थएिका संरचनाका लागि लगानी पनि बढाइएको छ। कतिपय संरचनाहरु थपिएको छ भने कतिपय पुर्ननिर्माण गएिको छ।’
ग्राहकका लागि सेवावृत्त फराकिलो पार्न संरचनाहरु बदलिएको दाबी म्यानेजर पोखरेलको छ। अहिले होटलमा २७ वटा डिलक्स रुम छन्। होटलमा ६ वटा स्विट रुम तथा रुफटप रेस्टुरेन्टको संरचना तयार पार्ने काम भइरहेको छ। ‘यो काम पनि छिट्टैभन्दा छिट्टै सम्पन्न हुन्छ,’ म्यानेजर पोखरेलले बताए, ‘ग्राहकहरुले पाशुपत क्षेत्र लगायता उता विमानस्थल क्षेत्रसम्मको खुला आकाश हेर्दै रमाउन् भनेर हामीले रुफटपको संरचना बदलेका हौं।’
अहिले होटलमा कम्तिमा ४० जना क्षमताको रेस्टुरेन्ट र बारको सुविधा छ। मिटिङ हल, लिफ्ट तथा पार्किङको सुविधा पनि छ।
विभिन्न देशका हिन्दू धर्मावलम्बी भक्तहरू पशुपति दर्शनका लागि यो क्षेत्रमा आइरहन्छन्। देशभित्रबाटै पनि ठाउँ–ठाउँबाट पाहुनाहरु यहाँ आउने क्रम कहिल्यै रोकिँदैन। गौशाला क्षेत्र धार्मिक पर्यटकका लागि कहलिएकाले ‘होटल ट्राभल इन’ व्यवस्थापनले मूलतः यस्तै पर्यटकलाई आफ्नो लक्ष्य समूह बनाएको छ।
‘काठमाडौंको आन्तरिक तथा अन्तराष्ट्रिय विमानस्थलबाट जम्मा डेढ किलोमिटरको दूरी रहेकोले काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो स्थान अनुकुल छ,’ व्यवस्थापनको जिम्मेवारी लिएको प्याराडाइज इनका निर्देशक अनील भण्डारीले सुनाए, ‘पायक पर्ने हिसाबले मात्र होइन, होटलको समग्र सेवाको स्तरोन्नतिमा कुनै कसर बाँकी राखिएको छैन। आशा छ, हामीलाई हाम्रा पाहुनाले सम्झनेछन्।’
केही तस्बिरहरू