शनिबार, साउन ३०, २०८३

डाका मुद्दामा फरार प्रतिवादी पक्राउ

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन्।

श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट विसं २०७० भदौ २५ गते डाका मुद्दामा पाँच वर्ष ११ महिना २ दिन कैद र रु दुई लाख ७१ हजार २० जरिवाना तोकेको थियो। 

उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ। फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: Feb 25, 2022| 23:00 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।