शनिबार, साउन ३०, २०८३

नागरिक संस्थाहरूको दिगोपनको सूचकमा नेपालको प्रगति

नागरिक संस्थाहरूको दिगोपन मापन सूचक प्रतिवेदन, २०२० मा दक्षिण तथा दक्षिणपूर्वी एशियाका आठ देशमध्ये नेपालको अवस्था सुधार भई पाँचौँ स्थानमा परेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नागरिक संस्थाहरूको दिगोपन मापन सूचक प्रतिवेदन, २०२० मा दक्षिण तथा दक्षिणपूर्वी एशियाका आठ देशमध्ये नेपालको अवस्था सुधार भई पाँचौँ स्थानमा परेको छ।

सूचकको सात पूर्णांकमध्ये सन् २०२० कै ४.३ अंक सुधार गरी नेपाल पाँचौं स्थानमा परेको छ। प्रतिवेदनअनुसार टिमोरलेष्टे र फिलिपिन्स क्रमशः पहिलो र दोस्रोमा परेका छन् भने श्रीलंक र थाइल्याण्ड क्रमशः सातौं र आठौं स्थानमा छन्। 

गत वर्षमा जस्तै यो वर्ष पनि अमेरिकी संस्थाको परियोजना एफएचआइ ३६० ले नागरिक संस्थाको सन् २०२० को दिगोपन मापन सूचक प्रतिवेदन तयार गरेको हो। 

यो प्रतिवेदन विश्वका ७२ देशका नागरिक संस्थाहरूको सवल तथा दिगोपनका बारेमा मापन गरी वार्षिक रुपमा प्रकाशित गरिने विश्वव्यापी स्वतन्त्र अध्ययन प्रतिवेदन हो। प्रतिवेदनमा कानुनी वातावरण, संस्थागत क्षमता, आर्थिक क्षमता, वकालतको स्तर, सेवाको प्राबधान, पूर्वाधारको अवस्था र सार्वजनिक छविका आधारमा मापन गरेको छ।

दक्षिण तथा दक्षिण पूर्वी एशियाका आठ मुलुक (नेपाल, बङ्गलादेश, टिमोरलेष्टे, कम्बोडिया, इण्डोनेशिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्ड) लाई समेटेर एशियन संस्करणका रुपमा पनि सार्वजनिक गरिन्छ। 

नेपालका लागि गोगो फाउण्डेशनले नागरिक अभियन्तालगायत विज्ञहरुको संलग्नतामा विभिन्न सातवटा एकआपसमा अन्तरसम्बन्धित सूचकमा आधारित भएर प्रारम्भिक प्रतिवदेन तयार गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए। उनले नागरिक तथा गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने शैली र व्यवहारले ती संस्थाहरुको सार्वजनिक छविमा आँच पुग्‍ने प्रतिवेदनको सार रहेको जनाए।

प्रकाशित: Feb 25, 2022| 23:30 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।