बुधबार, असार १०, २०८३

अदालतमा स्वचालित पेसी लागु गर्न सुझाव

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागु गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ।

National life

कामु प्रधानन्यायाधीश कार्कीलाई शुक्रबार न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले तयार गरेको सुझाव सहितको प्रतिवेदनमा सर्वोच्च अदालतमा अटोमेसन लागु नभएसम्म गोलाप्रथाद्वारा पेसी तोकिँदै आएको छ।

न्यायाधीश कार्कीकै संयोजकत्वमा रहेको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदनमा सर्वोच्च अदालतमा पेसी तोक्ने कार्यबाटै भ्रष्टाचार सुरु हुने उल्लेख थियो। उक्त प्रतिवेदनमै पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशबाट झिकेर अटोमेसनमा लैजानुपर्ने उल्लेख थियो।

प्रधानन्यायाधीशको २०७७ साउन २७ को निर्णयानुसार स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन भएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज उक्त प्रतिवेदन कामु प्रधानन्यायाधीशसमक्ष पेस भएको र सुझावमा सर्वोच्च अदालतको पूर्ण बैठक बसेर छिट्टै अटोमेसनमा प्रणालीमा पेसी व्यवस्थापन गर्नुपर्ने रहेको छ।

Shivam cement

प्रकाशित: Feb 25, 2022| 21:20 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।