बुधबार, मंसिर ३, २०८२

'किभबाट भागेर हामी रेल चढेका छौँ'

अहिले हामी ७ जना नेपाली सँगै छौँ। रेलमार्फत् किभ ओर्लिएका थियौँ। फेरि हामी अर्को स्थानमा गइरहेका छौँ। यहाँ सजिलै रेल चढ्ने सक्ने अवस्था छैन। हामीहरू भागेर रेलमा चढेका छौँ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

किभ- रुस-युक्रेन द्वन्द्व चर्किएपछि त्यहाँका नेपालीहरू सुरक्षित स्थानको खोजीमा निस्किएका छन्। जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले तत्काल हवाई उद्धार गर्न नसकिने तर युक्रेनको पश्चिमी क्षेत्र तुलनात्मक रूपमा सुरक्षित भएकाले त्यसतर्फ जान आग्रह गरेपछि नेपालीहरू सुरक्षित स्थानको खोजीमा निस्किएका हुन्। 

National life

सुरक्षित स्थानको खोजीमा निस्किएका बसन्त बुढाथोकी नेपाल सयमसँग सम्पर्कमा आएका छन्। उनी राजधानी किभबाट पनि बाहिर निस्कनका लागि रेल चढेका छन्। बाँकी भनाइ जस्ताको तस्तै:-

म अध्ययनका लागि नेपालबाट युक्रेन आएको विद्यार्थी हुँ। युक्रेनको राजधानी किभको बजार क्षेत्रमा मानवीय गतिविधि शून्यप्राय भएका छन्। रूससँगको युद्ध उत्कर्षमा पुगेको बेला किभ सुनसान बनेको हो। 

किभको बजार क्षेत्र सुनसान बनेपनि विमानस्थलमा भने भीड लागेको छ। किभ बस्दै आएका आप्रवासीहरुले युक्रेन छाडेर जान खोजिरहेका छन्। नियमित उडान बन्द भए पनि युक्रेन छाडेर अन्य देशमा जान चाहनेहरुको संख्या धेरै भएकाले विमानस्थलमा भीड लागेको हो। कतिपय देशले उद्धार उडान गरिरहेका छन्। 

युक्रेनमा अध्ययन तथा रोजगारी गर्दै आएका नेपालीहरू पनि सुरक्षित स्थानतर्फ जाने प्रयासमा छन्। सबै रेलस्टेसनमा भीड लागेको छ। 

Laxmi sunrise bank
kumari

एकातिर देश संकटमा परेको त छ नै, यहाँका सुरक्षित स्थानहरु पनि लगातार सारिँदै आएको छ। रूसी सेनाले दर्जनौँ गैर–सैनिकस्थलहरूमा निरन्तर आक्रमण गरिरहेको छ।

अहिले हामी ७ जना नेपाली सँगै छौँ। रेलमार्फत् किभ ओर्लिएका थियौँ। फेरि हामी अर्को स्थानमा गइरहेका छौँ। यहाँ सजिलै रेल चढ्ने सक्ने अवस्था छैन। हामीहरू भागेर रेलमा चढेका छौँ।

युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्तै नगरी सेनामा भर्ती हुन अपिल गरेको छ। हजारौँ मानिसको भीडभाड देखिने युक्रेनका बजारहरुमा यतिबेला सन्नाटा छाएको छ। ठाउँठाउँमा बिहानैदेखि बमबारीको आवाज सुनिँदै आएको छ।

प्रकाशित: Feb 25, 2022| 20:02 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...