बुधबार, असार ३१, २०८३

आजका अखबार : ओली-दाहाल झनै आक्रामक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले डा गोविन्द केसीको अनसन र कांग्रेसको आन्दोलनका विषयमा नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले दिएको अभिव्यक्तिलाई प्राथमिकतामा पारेका छन् । 

अनशन २५ औं दिनमा शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुर दैनिकले डा केसीको अनशन र कांग्रेसको आन्दोलन प्रति ओली र प्रचण्ड आक्रमक बनेको खबरलाई विशेष प्राथमिकताका साथ छापेको छ । 

समाचारमा जनाइएअनुसार उनीहरुले डा केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । कांग्रेसले राजनीतिक हतियार बनाएर  वार्ता प्रक्रियामा समेत अवरोध पुर्याइरहेको उनीहरुको भनाइ छ । 

आमाको आग्रहमा डा केसीले रगत जाँच गरेको विषयलाई एङ्कर न्युज बनाएको आजको अन्नपूर्ण पोस्टले भने डा केसीलाई वार्ताको आमन्त्रण शीर्षकमा मुख्य समाचार छापेको छ । 

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्तामा आउन डा केसीलाई आग्रह गरेका हुन् । ओलीले डा केसीलाई नै चिकित्सा शिक्षाको क्षेत्रमा गर्नुपर्ने सुधारको जिम्मा लिन समेत आग्रह गरेको अन्नपूर्णले लेखेको छ ।  

आजको नयाँ पत्रिकाले भने नीजि भन्दा सरकारी मेडिकल कलेज नै अब्बल देखिएको विशेष रिपोर्ट प्रकाशित गरेको छ । उसले मेडिकल काउन्सिलको परिक्षामा कुन मेडिकल कलेजबाट कति प्रतिशत विद्यार्थी पास हुँदै आएका भन्ने डाटा छाप्दै लेखेको छ– मेडिकल कलेजलाई सम्बधन दिन काउन्सिलको यहि नतिजा हेरे पुग्छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।